आज मिति २०७९।०९।२२ गते शुक्रबारका दिन यस हरिपुर नगरपालिकाको नगर प्रमुख श्री गोपाल पजियार ज्यूको अध्यक्षता, जिल्ला अदालत सर्लाहीका माननीय न्यायधिश श्री रमेशकान्त अधिकारी ज्यूको प्रमुख आतिथ्यता र न्यायीक समितिको संयोजक एवम् उपप्रमुख निलम देवी राय यादवको उपस्थितीमा बैठक बसी परिचयात्मक, स्वागत तथा न्यायीक समितीबाट सम्पादन भएका काम कारवाहीहरुको जानकारी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
हरिपुर नगरपालिकाको चालु आ. व. २०७९।०८० को पहिलो चौमासिक सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम हरिपुर नगरकार्यपालिको प्राङ्गण मा भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम मा सहभागी सम्पुर्णमा हार्दिक धन्यवाद ।