यस हरिपुर नगरपालिका ले सूचना प्रविधि मा अगाडी बढ्ने हेतुले डिजिटल नागरिक वडापत्र सुरुगरिसकेको छ , सेवाग्राहीले आफुले चाहेको सेवा सुबिधा को प्रक्रिया डिजिटल नागरिक वडापत्र मार्फत हेर्न सक्नुहुनेछ ।
यस हरिपुर नगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउने उदेश्यले नगरपालिका अन्तर्गतका विभिन्न कृषि समूह लाई आधुनिक कृषि सामग्री प्रदान गरेको छ । सामग्री वितरण कार्य नगर प्रमुख जमिरुदीन मन्सुर , उपप्रमुख रेणुका देवी काफ्ले र शाखा अधिकृत नइन्द्र कुमार पौडेल द्वारा गरियो ।
स्वक्छ, सफा तथा ताजा दुध संकलन तथा भण्डारण गर्न सहजताको लागि यस हरिपुर नगरपालिका अन्तर्गतका किसानहरुलाई दुध बोक्ने क्यान नगर प्रमुख जमिरुदीन मन्सुरबाट वितरण गरिएको छ । क्यान पाएपछि किसानहरु उत्साहित देखिएका छन् । #devel
हरिपुर नगरपालिकाको दोस्रो नगरसभा आज मिति २०७५/०३/१० गते देखि सुरु भएको छ । शिक्षा , स्वास्थ्य , कृषि,सडक, खेलकुद एबम सम्पूर्ण क्षेत्रका योजना हरु समेटिनेछन् र हरिपुरलाई द्रुत विकास गराउने लक्ष्य लिएका छौं ।
मिति २०७४/०७/२१ गते मंगलबारको दिन सङ्घीय प्रणालीमा बहुक्षेत्रीय योषण योजनाको सफल कार्यान्वयनको लागि अभिमुखिकरण लगतै हरिपुर नगरपालिकालाई क्रेन्द्रबाट बिनियोजित रकम रु. १४४३००० भएकोमा यस न.पा.बाट थप रकम रु.