हरिपुर कृषि सहकारी संस्था को आयोजनामा र हरिपुर नगरपालिकाको सहयोगमा आज धान दिवस भब्य रूपमा सम्पन्न भएको छ । साथै उक्त कार्यक्रममा हरिपुर कृषि सहकारी संस्था , लक्ष्मीपुर कृषि सहकारी संस्था र जानकीनगर कृषि संस्था लाई पावर ट्रयाक्टर वितरण गरिएको छ । हरिपुर नगरपालिकाको तर्फ बाट सम्पूर्ण नगरबासीमा धान दिवस (अषाढ १५) को शुभकामना ।
हरिपुर नगरपालिकाले हरिऔन मेयर कप को उपाधि चुम्न सफल भएको छ । लालबन्दी नगरपालिका लाई २- १ गोल अन्तरले हराउदै नगद रु. १ लाख साथै ट्रफी हात पार्यो। खेलमा दुवै गोल जर्सी नम्बर १४ का कप्तान सबिर चौधरी ले गरे साथै उनले म्यान अफ द म्याच (Man of the Match) र सर्बाधिक गोलकर्ता (Highest scorer) को अवार्ड हात पारे। बेस्ट किपरको (Best Keeper)अवार्ड हरिपुर न. पा. का शत्रुघन चौधरी ले जित्न सफल रहे । बिजयी खेलाडी तथा सम्पूर्ण नगरबासी मा बधाई !!!
#Cheers!!! #WeChampions #TheWinner #TheHistory
हरिऔन मा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिताको पहिलो खेलमा हरिपुर नगरपालिकाले बरहथवा नगरपालिका लाई ५-१ ले हराउँदै शानदार जीत निकालेको छ । खेल मा सबिर चौधरीले ह्याट्रिक गरि म्यान अफ द म्याच हात पर्न सफल भए । त्यसैगरि सुरज लामाले १ तथा निरोज चौधरी ले १ गोल गर्न सफल भए । सपुर्ण खेलाडीलाई बधाई एबम आगामी जित को अग्रिम शुभकामना ।