जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

सूचना तथा समाचार

रक्षा बन्धनको शुभकामना एवम् सार्वजनिक बिदाको सुचना

मिति २०७६/०४/३० विहिबार पर्ने रक्षा बन्धनको शुभकामना एवम् सार्वजनिक बिदाको सुचना | #Haripur #Haripurmun Visit us @ www.haripurmun.gov.np www.twitter.com/haripurmun

इद–ऊल–अजहा (वकरिद)को हार्दिक मंगलमय शुभकामना एवम् सार्वजनिक बिदाको सुचना !

मिति २०७६/०४/२७ गते सोमबार पर्ने मुस्लिम धर्मावलम्बीहरुको इद–ऊल–अजहा (वकरिद)को हार्दिक मंगलमय शुभकामना एवम् सार्वजनिक बिदाको सुचना !! 

किसान हरूलाई कृषि सामाग्री वितरण

यस हरिपुर नगरपालिकाले न.पा. अन्तर्गतका व्यवसायिक कृषकहरुलाई पम्पसेट, मोटर, मिनिटेलर तथा स्पेयर्स ट्यांकीहरु वितरण गरेको छ | कृषि सामाग्री पाएपछि किसानहरु निकै उत्साहित देखिएका छन् |

आ.व. २०७६/०७७ को निति कार्यक्रम तथा बजेट सार्वजनिकिकरण

आज मिति २०७६/०३/२५ गते यस हरिपुर नगरपालिकाले आ.व. २०७६/०७७ को निति कार्यक्रम तथा बजेट सार्वजनिकिकरण गरेको छ | 
प्रदेश माननिय डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता नगर प्रमुख जमिरुदिन मन्सुरले गर्नुभएको थियो | 

पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाको शुभारम्भ

आज मिति २०७६/०३/०१ गते देखि यस हरिपुर नगरपालिकामा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाको शुभारम्भ भएको छ | यस कार्यक्रमको पहिलो चरणमा यस नगरपालिका भित्रका १०० जना बेरोजगारलाई रोजगार दिईने छ |

श्री आशा खरेल र श्री शरद कुमारी चौधरी ज्यू को बिदाईका झलकहरु

यस हरिपुर नगरपालिकामा कार्यरत महिला विकास निरिक्षक श्री आशा खरेल र सहायक महिला विकास निरिक्षक श्री शरद कुमारी चौधरी ज्यू समायोजन भई क्रमश हरिवन र बरहथवा नगरपालिका जानु हुने भएको अवसरमा यस नगरपालिका बाट बिदाई गर्दाका केहि झलकहरु........ 

ईद मिलन कार्यक्रमका केहि झलकहरु

हरिपुर नगरपालिकाको आयोजनामा मिति २०७५/०२/२८ गते सम्पन्न भएका ईद मिलन कार्यक्रमका केहि झलकहरु .......

Pages